दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
372 पाठक संख्या

बारा प्रहरीले दुई जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले जलसाजी मुद्दामा अदालतबाट ५ हजार १ सय २५ रुपैयाँ जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन बस्ने अन्दाजी ७० वर्षीय रामएकवाल बिनलाई पक्राउ गरेको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट २ हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी ५७ वर्षीय भिम कुमार पुडासैनीलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ।

बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review