मधेस प्रदेशको पर्सा र बारा जिल्लामा हुण्डी कारोबार बढदै गएको पुष्टि भएको छ । पछिल्लो एक बर्षको अवधिमा यी दुबै जिल्लाबाट बरामद भएको स्रोत नखुलेको रकम र पक्राउ परेका मानिसहरुको संख्या बढेको हो ।
यस अनुसार हुण्डी कारोबारमा बृद्धि भएको देखिएको छ । भारत सित खुल्ला सिमाना जोडिएको पर्सा र बारा जिल्लामा बितेको आर्थिक बर्ष ०८०/८१ मा करिब एक करोड बराबरको स्रोत नखृुलेको रकम प्रहरीेले बरामद गरेको छ ।
यस्तै उक्त रकम ओसार पसारमा संलगन रहेको आरोपमा १९ जना ब्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याँक अनुसार बितेको आवमा ६१ लाख २४ हजार सात सय नेपाली र ९८ हजार स्रोत नखुलेको भारतीय रकम पर्साबाट बरामद भएको छ ।
उक्त रकम ओसार पसारमा संलगन रहेको आरोपमा प्रहरीले ११ जना ब्यक्तिहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।हुण्डीको रकम ओसार पसार गरेको आरोपमा प्रहरीले सात जना माथि वित्तीय कारोबार ऐन(हुण्डी) कसुरमा मुद्दा चलाएको उनले बताए ।
बाराबाट बितेको आवमा ३८ लाख नौ हजार स्रोत नखुलेको रकम बरामद गरेको छ ।उक्त रकम ओसार पसार गरेको आरोपमा प्रहरीले आठ जना ब्यक्तिहरुलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र बिष्टले साझेदारी दैनिकलाई जानकारी दिए ।
सो मध्ये अबैध आर्थिक कारोबार (हुण्डी) सम्बन्धी कसुरमा चार जना माथि मुदा समेत चलाइएको उनले बताए । बिशेष गरि भारतसित खुल्ला सिमानाकै कारणले तेस्रो मुलुकबाट आउने रेमिट्यान्सबाट राजश्व छलि गर्नको लागि अबैध हुण्डीको कारोबारमा मानिसहरु संलग्न हुने गरेको बिष्टले बताए ।
भारतसित जिल्लाको खुल्ला सिमाना छ त्यही कारणले गर्दा हुण्डी कारोबार बढेको देखिन्छ प्रहरीले सिमामा कडाईका साथ जाँच गरि रहेको छ,उनले भने ।हुण्डी कारोबारलाई रोक्न हामीले स्रोत नखुलेको रकमसहित मानिसहरुलाई पक्राउ गरेपछि अनुसन्धान गरी मुद्दा चलाएका छौ ।
हुण्डी कारोबार रोक्नको लागि जिल्लामा भएको मनि चेञ्जरहरुमाथि निगरानी,बैध भएको कुराको बेलाबेलामा जाँच गरिरहेको पनि एसपी बिष्टले बताए । साथै स्रोत नखुलेको रकम लिएर नहिडनको लागि सचेतनाको कार्यक्रम गर्न पनि जरुरी रहेको उनको भनाई छ ।

