कलैयामा दुई दिने खुल्ला मेहन्दी प्रतियोगिता हुने

संदिप प्रसाद यादव
518 पाठक संख्या

कलैयामा दुई दिने खुल्ला मेहन्दी प्रतियोगिता हुने भएको छ ।

कलैया सिटी जेसिजको आयोजनामा यही साउन २५ र २६ गते दिउसो १ बजे दास गेष्ट हाउसको हलमा हुन लागेको हो ।

उक्त प्रतियोगितामा ३० जना मात्र सहभागी हुने कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुमार कुशवाहाले जानकारी दिएका छन् ।

सो प्रतियोगिताको फर्म शुल्क रु एक सय रुपैयाँ रहेको उनले बताए ।

प्रतियोगितामा भाग लिने सहभागीताहरुले एउटा साथी लिएर आउने र प्रतियोगितामा भाग लिने सहभागीताहरुले आफ्नो पहिचान खुल्ने कागजात लिएर आउने तथा श्री राजदेवी माई ज्वेलर्स सोनरपट्टी रोडमा फर्म पाउने समेत अध्यक्ष कुशवाहाले बताएका छन् ।

सो प्रतियोगिता दुई चरणमा हुने र पहिलो चरणमा २५ गते हुने र दोसो चरणमा टप टेनबाट प्रथम,द्वितीय तथा तृतीय महेन्दी विशेषज्ञ निर्णायकबाट छानिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम २ हजार,द्वितीय १ हजार ५ सय र तृतीय पुरस्कार १ हजार रुपैयाँ सहित प्रमाणपत्र तथा ट्रपी दिने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds