कलैया । बारा प्रहरीले प्रतिबन्धित लागू औषध ट्याव्लेट सहित एक भारतीय नागरिकलाई बुधबार नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ हवल्दार रामस्वरूप यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोकमा एकजनालाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ बिआर ०५ एएम ६१५२ नम्बरको मोटरसाईकल शंकास्पद लागी रोकी जाँच गर्दा उक्त मोटरसाईकल चालकले पिठ्युमा बोकेको कपडाको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित लागू औषध बरामद गरेको हो।
प्रहरीले मोटरसाईकल चालक भारत बिहार मोतिहारी जिल्ला हरपुर पंचायत १२ बस्ने ३२ वर्षीय मोहम्मद इमरानलाई पक्राउ गरेको हो।
प्रहरीले अल्फाजोलम ट्याब्लेट ट्रिका १ एमजी ७२ पत्तामा (७२० ट्याब्लेट) र त्यही ट्याब्लेट ०.५ एमजी ५२ पत्तामा ७८० ट्याब्लेट) ईमरानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी दिएका छन् ।

