कलैया,२८ साउन । बारा प्रहरीले ७१ लाख ६७ हजार बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक त्रीभुवनलाल साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
सो ट्रकमा बिलबिजक भन्दा बढि समानको रहेको र स्रोत खुलाउन नसकेको तथा सपोटीङ बिल नभएको अन्दाजी मुल्य रू. ७१ लाख ६७ हजार ५ सय ३४ रूपैया बराबरको कस्मेटिक,फैन्सि क्लोथ रेडिमेड,मिल पार्टस लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त अवैध कस्मेटिक तथा अन्य खुद्रा सामान समेत ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारामा पठाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।


