नगर प्रमुख साहले गरे मटिअर्वा नाकाको प्रवेशद्वारको अनुगमन

साझेदारी दैनिक
312 पाठक संख्या

कलैया उपमहानगरपालिकाका वडा नम्बर १० को मटिअर्वा स्थित नवनिर्मित प्रवेशद्वारको नगर प्रमुख बिनोद प्रसाद साहले मंगलवार अनुगमन गरेका छन् ।

करिब ७०% कार्य सम्पन्न भईसकेको उक्त प्रवेशद्वारको सजावट तथा सौन्दर्यकरणको काम बांकी रहेको छ । बाराको बरियारपुरमा लाग्ने पंचबर्षिय मेलामा भारत लागयतका देशबाट सोहो प्रवेशद्धार भएर दर्शनार्थी आउने भएकोले गढीमाई मेला अवागै काम सम्पन्न गर्न नगरप्रमुख साहले निर्देशन दिएका थिए ।

छोटी भन्सार समेत अवस्थित रहेको मटिअर्वा नाकामा मेला अवागै यात्रु तथा स्थानियका लागी सार्वजनीक शौचालय निर्माण र व्यवस्थापन गर्ने काम अघि बढाईएको नगरप्रमुख साहले बताए।

अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर १० का अध्यक्ष महमद.साबिर,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, पुर्व वडाध्यक्ष चन्देश्वर साह,प्राबिधिक तथा स्थानीयहरु लगायतको उपस्तिथि रहेको नगरपालिकाले जनाएको छ।

Leave a review

This will close in 0 seconds