बेनौलीमा अन्तराष्ट्रिय स्तरको दन्त अस्पताल,नगर प्रमुख सिंहले गरे सेवाको उद्घाटन

साझेदारी दैनिक
433 पाठक संख्या

नूरआलम बादशाह/

उनी बाराको पचरौता नगरपालिकाका नगर प्रमुख हुन् । उनले शुक्रबार एक कार्यक्रमवीच पचरौता ७ बेनौलीमा अन्र्तराष्ट्रिय स्तरको दन्त अस्पताल तथा फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । उनी

नगर प्रमुख जलन्धर सिंह हुन् । एक समारोहका बीच उद्घाटन गर्दै दन्त तथा फिजीयोथेरेपी सेवा सुरु भएसँगै महँगो शूल्क तिरेर कलैया,वीरगञ्ज,मोतिहारी जाने समस्याबाट अब पचरौता बासीले छुट्कारा पाउने विश्वास व्यक्त गरेका हुन् ।

अस्पतालमा आधुनिक तथा गुणस्तरीय मेसिन र अन्तराष्ट्रिय स्तरको तालिम र ख्याती प्राप्त विशेषज्ञबाट दन्त तथा फिजियोथेरेपी सेवा प्रदान गराइने उनले बताए ।

नगर प्रमुख सिंहले पचरौता नगरबासीहरुको माग अनुसार सेवा सञ्चालनमा ल्याइएको बताउँदै भने, ‘यहाँ दिनहु दन्त तथा फिजियोथेरेपी सेवाको माग गर्दै स्थानीयहरु आउनुहुन्थ्यो ।

पचरौता लगायत आसपासका ग्रामीण क्षेत्रका जनतालाई सहज रुपले दन्त सेवा प्रदान गर्ने उद्देश्यका साथ डेण्टल हॉस्पिटल तथा फिजियोथेरापी सेवाको शुभारम्भ गरिएको उनले बताए ।

शुभारम्भको अवसरमा निःशुल्क दन्त परीक्षण तथा फिजियोथेरापी सेवा स्थानीयहरुलाई प्रदान गरिएको पनि नगर प्रमुख सिंहले जानकारी दिदैं डेण्टल तथा फिजियोथेरापी सेवामा पचरौताका जनतालाई सहज र शुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरे । यसैगरी पालिका भित्रका जेष्ट नागरिकहरुलाई यो सेवा निःशुल्क प्रदान गरिने उनले बताए ।

उल्लेखनीय संख्यामा उपस्थित भएका स्थानीय नगरबासिलाई सम्बोधन गर्दै मेयर सिंहले अगामी दिनमा पनि जनताको हकहितका लागि सुविधा सम्पन्न अस्पताल निर्माण,सिचाईको लागि जमुनी नदीको कच्ची बाँध निर्माण,सामुहिक विवाहको आयोजन,स्वच्छ खानेपानी,शिक्षामा गुणस्तर,लैङ्गगीक बिभेदिकरणमा सुधार जस्ता कार्यक्रमहरुलाई अगाडि बढ़ाइने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्र खडका,संबिधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलबीर चौधरी,वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी,८ का वडा अध्यक्ष प्रेमकुमार चौधरी,९ का वडा अध्यक्ष गगनदेव प्रसाद यादव, सुरेश यादव लगायतले आ आफ्ना मन्तब्य राखेका थिए।

प्रमुख प्रशासकीय अधिकृत गौरी साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले बाराका उपाध्यक्ष भुलन चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिन,वडा सदसयहरु,शिक्षा शाखा प्रमुख पण्डित त्रिपाठी,शिक्षा सहायक मुकेशकुमार सिंह, पिपरपाती माविका प्रअ रामानन्द साह,कुड़वा माविका प्रअ सबिन्द्र सहनी,रोशन यादव,भैयाराम सहनी,नेवाजी मियाँ अंसारी,गयासुदीन अंसारी,इंताज अंसारी,अजय चौद्यरी,जंगबहादुर यादव, अच्छेलाल यादव,सोनालाल मुखिया,बिभिन्न शाखाका प्रमुखहरु,सुरक्षाकर्मी,नगर प्रहरी,पत्रकार लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds