होटल तथा पर्यटन ब्यवसायी संघ बाराको सातौँ बार्षिक साधारण सभा तथा होटल तथा पर्यटन सहकारी संस्था सिमराको छैठो साधारण सभा सम्पन्न भएको छ ।
बाराको सिमरामा रहेको जनहित मध्यवर्ति सामुदायिक वन समूह सिमराको सभाहलमा सो वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन मधेश प्रदेशका होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष हिरालाल गौतमले गरेका थिए ।
होटल तथा पर्यटनलाई चलायमान बनाउँन उनले निजी स्रोतको साथसाथै सरकारी तवरबाट नै साथ र सहयोग हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा सो साधारण सभा भएको हो ।
कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख रामचन्द्र खतिवडा,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जवी दाहाल लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

