कलैया : उद्योग वाणिज्य संघ बाराको २१ औं वार्षिक साधारण सभा एवम् १४ औं अधिवेशन समारोहको शनिबार एक कार्यक्रमवीच उद्घाटन भएको छ ।
बाराको सदरमुकाम कलैयामा रहेको उद्योग वाणिज्य संघ बाराको सभाहलमा पानसमा वत्ती वालि उद्घाटन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उद्घाटन गरेका हुन्।
उनले उद्योग वाणिज्य क्षेत्रमा रहेका समस्याहरुको समाधानमा आपूmले सहयोग गर्ने बताए । उनले अहिले देशमा आर्थिक मन्दी रहेको जनाउँदै मन्दीलाई चिर्न सरकार प्रयासरत रहेको जनाए ।
देशको अहिलेको संविधानले जहिले पनि एकल सरकार बन्न नसक्ने जनाउँदै संविधान संशोधन गर्न आवश्यक रहेको जनाए । निर्वाचन पद्दतिमा विचार गरेर निर्वाचन नियमावलीमा संशोधन गर्न आवश्यक रहेको जनाए । देशलाई अगाडी बढाउन उद्योग व्यापार क्षेत्रको गतिविधिलाई तीव्र बनाउन आवश्यक रहेको जनाए ।
उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सो कार्यक्रम भएको हो । उनले उद्योग व्यापार क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा समस्या रहेको जनाए । जसले गर्दा उद्योगी व्यापारी झन ठूलो समस्यामा पर्दै गएको बताए ।
सो कार्यक्रममा कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेशराय यादवले कृषि बजार सञ्चालन गर्न सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख तथा उद्योग वाणिज्य संघ बाराका निवर्तमान अध्यक्ष विनोदप्रसाद साहले डेरी उद्योग सञ्चालन गर्न सबैले सहयोग गर्न आवश्यक रहेको बताए।
नेकपा माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुर मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी,उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डाक्टर सुबोध गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह,बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्का,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,उद्योगी,ब्यापारी,संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन बारा उद्योग वाणिज्य संघका महासचिव रामाशिष साह एवम् अमित मिश्राले गरेका थिए ।

