कलैयाका पन्नादेवी माविमा ८८ वटा वृक्षारोपण

संदिप प्रसाद यादव
284 पाठक संख्या

कलैया : २१ औँं निजामती सेवा दिवस निजामती दिवसकै अवसरमा डिभिजन वन कार्यालय बारा र नेपाल मधेसी निजामती कर्मचारी मञ्चको सहयोगमा कलैयामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

कलैया उपमहानगरपालिका –५ मा रहेको श्री पन्न्ना देवी कन्या उच्च माध्यमिक बिधालयमा शनिवार ९ प्रकारका बिरुवा ८८ वटा वृक्षारोपण गरिएको हो ।

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सक कलैयाको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाराको परिसरमा शुक्रबार योग कार्यक्रम भएको थियोे ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई,कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरि,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्का,निजामती कर्मचारी संगठनका अध्यक्ष बाबुराम घिमिरे,नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष बजरंगी जयसवाल,निजामती सेवाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a review

This will close in 0 seconds