ठक्करबाट मृत्युभएपछि बजनीमा शब सहित प्रर्दशन

रञ्जन यादव
180 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गाडीको ठक्करले एक बृद्धको मृत्यु भएपछि आफन्त तथा स्थानीयहरुले बिरगंज पथलैया राजमार्ग चक्काजाम गरेका छन् ।

उनीहरुले बजनी चोकमा बुधवार करिब ३ घण्टा शब सड्कमै राखि प्रदर्शन गरेका थिए । ठक्कर दिने गाडीलाई कारर्बाही र क्षतीपुर्तिको माग उनीहरुले गरेका थिए ।

मङ्गलबार बाटो काट्ने क्रममा गाडिको ठक्करले स्थानीय ६५ बर्षिय रत्न सुबेदीको मृत्यु भएको थियो ।

उनको वीरगंज स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मृत्तकका छोरा ललित बाबु सुबेदिले जानकारी दिए । ठक्कर दिने गाडिको अहिलेसम्म पत्ता नलागेको भन्दै उनीहरु आक्रोसित भएका थिए ।

ठक्कर दिने गाडिको छिटो भन्दा छिटो खोजी गर्न र ठक्कर दिने गाडि पत्ता नलागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले पिडित परिवारलाई राहतका लागि पहल गर्ने स्थानीय तथा आफन्तसँग सहमती भएपछि सड्क अवरुध हटेको थियो । सड्क अवरुध भएपछि यात्रीहरु सास्ती खेप्न बाध्य भएका थिए ।

Leave a review

This will close in 0 seconds