देवताल गाउँपालिकाद्वारा बिना सूचना विद्यालय बन्द गर्ने दुई विद्यालयमाथि कारवाही

साझेदारी दैनिक
294 पाठक संख्या

कलैया । बाराको देवताल गाउँपालिकाले पालिकाको सूचना बिना विद्यालय बन्द गरेको भन्दै दुई विद्यालयका शिक्षक तथा कर्मचारीमाथि कारवाही गरेको छ।

गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा वडा नं ३ पिप्राढी र वडा नं ४ देवतालस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले असोज २६ गते बिना सूचना विद्यालय बन्द गरेको जनाइएको छ।

गुनासो बढेपछि गरिएको छड्के अनुगमनका क्रममा विद्यालय बन्द रहेको र विद्यार्थीहरू विद्यालय पोसाकमै एक सांस्कृतिक कार्यक्रममा सहभागी रहेको पाइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सम्बन्धित विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीको एक दिनको तलब–भत्ता कट्टा गर्ने निर्णय गरेको हो। साथै विद्यालयका प्रधानाध्यापकलाई २४ घण्टाभित्र शिक्षा शाखामा विद्यालय बन्द गर्नुको कारणसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।

Leave a review

This will close in 0 seconds