नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

रासस
287 पाठक संख्या

काठमाडौँ,२६ असोज : नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ ।

सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज टीकाको दिन सार्वजनिक यातायात निकै कम चल्छन्, जसले टीका थाप्न वा अन्य अत्यावश्यक कामका लागि आवतपावत गर्न समस्या हुन्छ । त्यसैले यो योजना अघि सारेका हौँ ।”

एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ,चक्रपथ,नयाँ बसपार्क,बालाजु,स्वयम्भू,कलङ्की,बल्खु,
सातदोबाटो,लगनखेल,जावलाखेल,थापाथली,माइतीघर,पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

यस्तै अर्को बस नक्सालबाट छुटेर रातोपुल,गौशाला,एयरपोर्ट,कोटेश्वर, ठिमी,सल्लाघारी,सूर्यविनायक,चाबहिल,सुकेधारा,चक्रपथ,टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds