त्रिचालिस लाख अडतीस हजार नौसय उनाईस बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
465 पाठक संख्या

बारा प्रहरीले ४३ लाख ३८ हजार नौ सय १९ रुपैयाँको सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।

विशेष सूचनाको आधारमा स्रोत खुलाउन नसकेको ४३ लाख ३८ हजरा ९ सय १९रूपैया बराबरको सामान सहित पिकअप डिब्बा भ्यान नियन्त्रणमा लिएको हो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ मा सर्लाहीबाट काठमाडौँ तर्फ जादै गरेको प्र.२–०३–००१ च ३६१५ न.को पिकअप रोकी जाँच गर्दा बिल बिजक अनुसार १२ क्विन्टल रहर र चानाको दाल रहेको र ८ क्विन्टल रहर र चनाको दाल फरक रहेको पाइएको प्रहरी द्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

दुई लाख १५ हजार पाँच सय ८० रूपैयाँ बराबरको दाल सहित पिकअप नियन्त्रणमा लिइएको हो ।

बारा,जितपुरसिमरा उ.म.न.पा. २१ म वीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख ४९६१ नं. को डिब्बा भ्यानमा ४१ लाख २३ हजार तीन सय ३९ रुपैयाँ बराबरको खुद्रा सामान ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।

बिल बिजक भन्दा बढी तथा श्रोत खुलाउन नसकेको दावी प्रहरीको छ।

सामान र भ्यानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा प्रहरीले बुझाएको छ ।

Leave a review