घाँटी काटी हत्या गरी फरार रहेका प्रतिबादी पक्राउ

साझेदारी दैनिक
460 पाठक संख्या

सर्लाही : घाँटी काटी हत्या गरी फरार रहेका एक प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नाउब उपरीक्षक दीपक श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

घटना अनुसार २०८० बैशाख २६ गते सर्लाही हरिपुर्वा न.पा.वडा नं.०१ स्थित अनरजित महराको खेतमा भारतीय नागरिक वर्ष २६ को शेखर सुमन भन्ने सिकु कुमारलाई धारिलो हतियारले घाँटी छिनाई हत्या भएको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा देश भारत,बिहार राज्य,जिल्ला सितामढी,थाना सोनवर्षा,ग्रामपंचायत पुरनदाहा राजवाडा बस्ने २७ वर्षीय धर्मेन्द्र रायलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अनुसन्धान गर्नको लागि सम्मानित सर्लाही जिल्ला अदालतबाट मिति २०८०/०२/११ गते पक्राउ अनुमति प्रहरीले प्राप्त गरेको थियो।

उक्त वारदातमा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा फरार प्रतिबादीहरु मध्ये धर्मेन्द्र रायलाई सर्लाही,मलंगवा न.पा., वडा नं.०८ स्थित नेपाल–भारत सिमा नजिक गोरखकाली सडक खण्डमा बेलुकी फेला पारेको थियो ।

सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ राय माथि थप अनुसन्घान भईरहेको प्रनाउ श्रेष्ठले जनाएका हुन्।

Leave a review

This will close in 0 seconds