बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सर्राफको स्वागत

साझेदारी दैनिक
375 पाठक संख्या

कलैया : बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफलाई उनको गृहजिल्लामा स्वागत गरिएको छ।

अध्यक्ष सर्राफलाई संघका वरिष्ठ उपाध्यक्ष राजु साह सोनार लगायत बाराका सुनचाँदी व्यवासायीहरुले कार्यालयमा स्वागत गरेका हुन्।

सर्राफ ६१ केजी सुन प्रक्ररणमा अनुसन्धानको लागि केन्द्रिय कारागारमा एक वर्ष देखि पुर्पक्षमा रहेका थिए। संघका अध्यक्ष सर्राफले धरौटीमा छुटेपछि आपूm अदालतबाट सफाई पाउनेमा विश्वस्त रहेको बताएका छन्।

फोनकै आधारमा आफुलाई समातिएको भन्दैं उनले प्रतिक्रिया दिए । व्यवसायिक हकहितमा सक्रिय भएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

नीति नियम नहुँदा कसैले औला देखाईदिएकै भरमा सुनचाँदी व्यवसायी फस्ने अवस्था रहेको उनले जनाए। कुनै पनि सुन व्यवसायी वर्तमान अवस्थामा सुरक्षित नभएको उनको प्रतिक्रिया थियो।

आफुलाई धरौटीमा छुटाउन सहयोग गर्ने कानुन व्यवसायी,शुभेच्छुक,व्यवसायी सवैमा सर्राफले धन्यवाद दिएका छन्।

सर्राफलाई जिल्लाका विभिन्न संघ संस्थाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम समेत राखेका छन् ।

अध्यक्ष सर्राफले पुन पदभार ग्रहण गर्दै नियमित संघको र व्यवसायिक काम गर्ने जनाएका हुन्। उनले यहाँ आएपछि सुनचाँदी व्यवसायिक हकहितमा सक्रिय भएर काम गर्ने बताएका छन्।

Leave a review