कोल्हवीको सखुवाहामा साल र सिसौका काठ बरामद

रञ्जन यादव
205 पाठक संख्या

कोल्हवी : बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा भन्ने स्थानमा तीन थान काठ बरामद भएको छ ।

परालमुनी लुकाइछिपाई राखिएको अवस्थामा साल जातका २ थान गोलिया र जङ्गली सिसौको १ थान काठ बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिएका छन ।

काठ बरामद गर्ने टोलीमा नेपाल प्रहरी,सशस्त्र प्रहरी,ककडी पोस्ट र कोल्हवी सब डिभिजनका कर्मचारीहरु रहेका थिए ।

बरामद काठहरूको संरक्षणका साथै अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र कानूनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिनुभयो ।

Leave a review