बाराको निजगढमा पहिलो पटक महोत्सव लगाईने

साझेदारी दैनिक
296 पाठक संख्या

कलैया : बाराको निजगढमा पहिलो पटक औद्योगिक व्यापार महोत्सव लगाईने भएको छ ।

निजगढ नगर उद्योग वाणिज्य संघको आयोजनामा निजगढमा पहिलो पटक कृषि÷पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आयोजना गर्न लागिएको हो ।

निजगढ नगरपालिका–८ स्थित खयरघारी चौरमा यही आउदो माघ ११ गतेदेखि माघ २२ गतेसम्म संचालन गरिने जनाईएको छ । शनिवार उद्योग बाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी गराईएको हो ।

महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन कृषि तथा ग्रामीण प्रविधिको प्रयोग गर्ने,उत्पादित वस्तुको बजार प्रवद्र्धन एकै थलोबाट यसको गुणस्तरको पहिचान गराउँदै उपभोक्तासम्म पुर्याउने रहेको छ ।

उद्योग,कृषि र पर्यटनलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको महोत्सवले समग्र आर्थिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

महोत्सवले कृषि जन्य घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न आवश्यक ज्ञान,उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सवलाई निजगढ नगरपालिकाको समेत साथ सहयोग रहेको बताउदै अध्यक्ष श्रेष्ठले निजगढ नगरपालिका यस महोत्सवको संरक्षकको रुपमा रहेको जानकारी दिए।

महोत्वसमा बाल उद्यान,आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन,संस्कृतिको जर्गेना गर्ने,आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग तथा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने महोत्सवमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds