निजगढ : बारा बकैया क्रीकेट क्लब निजगढको आईतवार सम्पन्न पहिलो साधारणसभाले बिष्णु खड्काको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ।
क्लबको नवगठित कार्यसमितिको उपाध्यक्षमा रविर गुरुङ,सचिव सन्जीब लाल तामाङ,सहसचिव लक्ष्मण बहादुर क्षेत्री,कोषाध्यक्ष प्रवणा लामा,सदस्यहरु नवराज चौलागाईं,निर्माण घोरसाईनी,सागर खनाल,सम्झना के.सी,प्रमिला मगर र सुनिता मोक्तान चयन भएकाछन ।
क्लबका निवर्तमान अध्यक्ष नवराज चौलागाईंको सभापतित्वमा सो साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा निजगढ वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा,बारा जिल्ला क्रीकेट संघका सदस्य गणेश साह लगायतको सहभागिता रहेकोथियो।


