चन्द्रपुरका तत्कालीन प्रमुख चौधरी सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साझेदारी दैनिक
331 पाठक संख्या

चन्द्रपुरका तत्कालीन प्रमुख चौधरी सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरी सहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले पुर्बाधार उपयोग कर चादी खोला, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्म,चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री मरधर ठेक्कामा अनियमितता गरेको भन्दै उनीहरु विरुद्ध विहीवार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

चाँदी खोलाको पूर्वाधार उपयोग कर सङ्कलनको लागि लगाइएको ठेक्का नं. १५–०७७–०७८ मा अनियमितता गरेको ठहर गर्दै अख्तियारले चन्द्रपुर नगरपालिकाका तत्कालिन नगर प्रमख चौधरी,तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल,लेखा अधिकृत तथा राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी तथा आंशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्व मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरु विरुद्ध २८ लाख २५ हजार पाँच रुपियाँ रकम चुहावटको आरोप लगाएको छ । यसैगरी आयोगले गत आर्थिक वर्ष २०७७–०७८ मा ठेक्का नं. १८–०७७–०७८, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आंशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी १५ लाख ६८ हजार रुपियाँ बराबरको कम राजस्व रकम असुल गरेको आरोप छ ।

यसैगरी ठेक्का नं. १९–०७७–०७८ मा भएको सम्झौता बमोजिमको तोकिएको नगद तथा बैंक जमानत पेश नगरी नलिइ मूल्य अभिवृद्वि करसमेत दाखिला नगरी रु १७ लाख ६८ हजार रुपियाँ भ्रष्टचार गरेको आयोगको ठहर छ ।

यस्तै प्रावधान विपरीत नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरी ३७ लाख ३४ हजार १९८ रुपियाँ गरी जम्मा कुल ५५ लाख दुई हजार १९८ रुपियाँ भ्रष्टाचार गरेको आरोप सहित आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीलाई समेत ३७ लाख ३४ हजार १९८ रुपियाँ भ्रष्टाचारको आरोप सहित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

Leave a review