नेपाल पत्रकार महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिने

साझेदारी दैनिक
239 पाठक संख्या

बारा : नेपाल प्रेस युनियन बाराले नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र जिल्लामा विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा युनियनको कार्यालय कलैयामा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले अगामी माघ ४ गते बारा उद्योग वाणिज्य संघको सभाहलमा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिने छ ।

बैठकले नेपाल पत्रकार महासंघको निर्वाचनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने निर्वाचन समिति,पत्रकार लगायतकालाई धन्यबाद ज्ञापन गर्ने,समिक्षा बैठक गर्ने लगायतको निर्णय गरेको हो।

बैठकमा युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा,अनिल कुमार साह,सचिव राजेश कुशवाहा,कोषाध्यक्ष अरुणकुमार साह,सह सचिव बिनिता चौधरी,सदस्य प्रभु यादव,सन्दिप यादव,रबिन्द्र साह,चन्दन कुमार चन्दन,बिनयराज शर्मा,शेख नुरआलम,राहुल गुप्ता,पवन सिंह लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds