काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् ।
पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ ।
हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । उक्त टिम यसपालि पहिलो सिजनको इतिहास दोहो¥याउने लक्ष्यमा छ ।
अर्कातर्फ कर्णाली पनि पहिलो उपाधिको खोजीमा छ । आजै हुने पहिलो खेलमा प्रतिस्पर्धा गर्ने चितवन र विराटनगर पनि उपाधि हात पार्ने उद्देश्यले मैदानमा उत्रदै छन् ।
यस पटकको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ ।
यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।
प्रतियोगितामा उपाधि विजेता टोलीले रु एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई रु ८० लाख प्रदान गरिने क्यानले जनाएको छ ।



