युवा परिषदद्वारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण

साझेदारी दैनिक
285 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मोथियाही टोलमा एक प्राथमिक विद्यालयका ५५ जना दलित छात्रछात्राहरुलाई आईतबार न्यानो कपडा वितरण गरिएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेस प्रदेश र बारा जिल्ला समिति को संयुक्त आयोजनामा नेपाल दलित आधारभुत प्राथमिक विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा(ट्रेक सुट ) वितरण गरिएको हो ।

उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर लामाको प्रमुख आथित्यमा भएको हो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेशका अध्यक्ष दिल प्रसाद तिमल्सिना,सचिव उमेश सापकोटा,सहसचिव चित्र कुमार तिमल्सिना,बाइजुराज समिति रौतहटकी जिल्ला अध्यक्ष कोपिला तिमल्सिना,युवा परिषद बारा जिल्ला अध्यक्ष मोहन सापकोटा निवर्तमान अध्यक्ष सुमन सुवेदी,जिल्ला उपाध्यक्ष हरीप्रसाद सिंम्खडा,सचिव दिपक बजगाई कोषाध्यक्ष सरिता देवकोटा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम,विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

न्यायो कपडा वितरण कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल बारा जिल्ला उपाध्यक्ष सन्तोष पाण्डेको अध्यक्षता सम्पन्न भएको युवा परिषद बाराले जनाएको छ ।

Leave a review