लोकतान्त्रिक मुस्लिम संघमा बाराका डा.अंसारी

साझेदारी दैनिक
273 पाठक संख्या

कलैया : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) निकटस्थ लोकतान्त्रिक मुस्लिम संघको केन्द्रीय संयोजकमा बाराका डा. कमरुल्लाह अन्सारी मनोनयन भएका छन ।

लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मंगलबार डा.अन्सारीलाई केन्द्रीय संयोजकमा मनोनयन गरेका हुन । लोसपा नेपालको संशोधित बिधान अनुसार डा.अन्सारीलाई केन्द्रीय संयोजकको जिम्मेबारी दिएका हुन ।

देश,मधेश एवम् पार्टीको हित्तमा अन्सारीको कार्यकाल उपलब्धी मुलक हुने बिश्वासका साथ शुभकामना समेत व्यक्त गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

Leave a review

This will close in 0 seconds