रामनगर महोत्सवको सबै तयारी पुरा,भोली आनेछन यी कलाकारहरु

साझेदारी दैनिक
324 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा १७ रामनगरमा भोली सोमबारदेखी हुने प्रथम रामनगर सोनाम ल्होछार महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन गर्न लागिएको महोत्सवको सवै तयारी पुराभएको आयोजकले जनाएको छ ।

महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले भोली ११ः ३० बजे उद्घाटन गर्नुहुने कार्यक्रम रहेको वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर लामाले जानकारी गराएका छन ।

महोत्सवको सवैकाम तयारी महोत्सवका संयोजक साजन दोङ्गले बताएका छन । व्यापारीक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा,बालउद्यानहरु आईसकेको र केही व्यापारी स्टलहरु आउने क्रमममा रहेको संयोजक दोङ्गले बताए।

महोत्वसको पहिलो दिन भोली सोमबार उद्घाटन पश्चात भोलि १४ गते आउने कलाकारहरु गायक.लोकेन लामा,रेस्मा बोम्जन,साम्तेन मोक्ताने बिजोड प्रस्तुति रहेन साथै स्थानीय कलाकारहरुको पनि नृत्य, भाँकीहरु समेत प्रस्तुत गरिने संयोजन दोङ्गले जनाएका छन ।

२८६१ औ ल्होसार पर्वको अवसरमा आयोजित उक्त महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्वसको संयुक्त आयोजनाम भईरहेको छ ।

महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छन भने संरक्षकमा जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेको छन ।

Leave a review