सहकारी संस्थाहरुका प्रतिनिधीलाई कोपोपिस सम्बन्धी तालिम

साझेदारी दैनिक
325 पाठक संख्या

कलैया : बाराको फेटामा सहकारी संस्थाहरुका प्रतिनिधीहरु लागि कोपोपिस सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।

फेटा गाउँपालिकाको कृषि,पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा आईतबारदेखी कोपोमिस तालिम सञ्चालन भएको हो । तालिमको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले एक कार्यक्रमविच उद्घाटन गरेका छन ।

सो अवसरमा बोल्दै अध्यक्ष अंसारीले अब सहकारीलाई बचत तथा ऋण सहकारी संस्थाहरुले शेयर सदस्यहरुको बचत गरेको रकमलाई पुँजीको रुपमा लगानी गरेर रोजगार श्रृजना गर्ने तथा उत्पादनशिल क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन । उनले उत्पादन क्षेत्रको लगानीले सहकारीको कर्जा जोखिममा जाने सम्भावना निकै कम हुने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले सहकारीको संस्थागत विकास के कतिको भएको छ वा छैन भन्नेबारे संस्थाको कोपोमिसबाट समेत प्रस्ट हुने बताएका छन । उनल सबै सहकारी संस्थाहरुले कोपोपिस अनिवार्य रुपमा भर्नु पर्नेमा बताएका छन ।

कार्यक्रममा गाउँपालिका कृषि,पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहा लगायतकाले सम्बोधन गरेका थिएख। तलिममा गाउँपालिकाका विभिन्न सहकारीबाट ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा सहभागीहरुलाई सहकारी संस्थाको अनुगमन,लेखा व्यवस्थापन,धितो मूल्यांकन,ऋण लगानी र ऋण असुली,लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धि लगायतका विषयमा सम्बन्धी प्रशिक्षण दिईने गाउपालिकाले जनाएको छ ।

Leave a review