कृषिलाई पर्यटनसँगै जोडेर विकास र विस्तारमा विभिन्न कार्यक्रम गर्न कृषिमन्त्री अधिकारीसँग आग्रह

साझेदारी दैनिक
339 पाठक संख्या

कलैया : जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले कृषिमन्त्री रामनाथ अधिकारीसंग कृषि बजारलाई आवश्यक पूर्वाधार सहितको दिगो ब्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका छन ।

विहीबार सिंहदरबार स्थित कृषि मन्त्रालयमा उनको कार्यकक्षमा पुगेर अध्यक्ष लामिछाने सहितको टोलीले यस्तो आग्रह गरेका हुन । उनले जीतपुरसिमरा उपमहानगरपालिकामा कृषिलाई पर्यटनसँगै जोडेर विकास र विस्तारमा वि भन्न कार्यक्रम गन,लगायतका पूर्वाधारमा लगानी गरिदिन आग्रह गरेका हुन ।

उनले मन्त्री अधिकारीको भेटमा कृषि,मधेश प्रदेशको पर्यटन प्रवद्र्र्धन,जीतपुरसिमरा उपमहानगरमा कृषि सेड निर्माण,बहुउदेश्यीय तालिम केन्द्र भवन एवम् कृषिको बिकासका सम्बन्धमा आग्रह गरेको लामिछानेले साझेदारी दैनिकलाई बताएका छन ।

लामिछाने सहितको टोलीले कृषिलाई ब्यवसायिक बनाउन बजार र बजारलाई दिगो बनाउन सेड,गोदाम,कोल्डस्टोरेज सहितका पूर्वाधार निर्माण गर्न माग गरेका हुन । भेटमा कृषि मन्त्री अधिकारीले आफुहरुको माग प्रति सकारात्म देखिएको लामिछानेले बताएका छन ।

यसैगरी उनी सहितको टोलीले विहीबार नै पर्यटन मन्त्रालयका सचिव बिनोद प्रकाश सिंहसँग समेत भेट गरेका छन । भेटमा पर्यटन सचिव सिंहले यस्ता कार्यक्रममा राज्यले दिल खोलेर सहयोग गर्नुपर्ने भन्दै योजना ल्याउन भन्नु भएकाले हामी त्यसको तयारीमा जुट्ने छौं,लामिछानेले बताए ।

Leave a review