बाराको सिमराबाट प्रहरीले ८८ बोरा युरिया मल विहिवार नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको पथलैया वीरगंज सड्कखण्डको सिमरा चोकबाट बिना बिल भर्पाई सहितको ना.६ त ५३९९ नं.को ट्याक्टरमा ल्याईरहेको मलखाद नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
साल्ट ट्रेर्निङ क्रपोरेशन लेखिएको ट्याक्टर वीरगंजबाट अम्लेखगंज तर्फ जाँदैँ गर्दा चेकिङगको क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिएकाछन ।
बरामद युरिया मल र ट्याक्टरलाई आवश्यक कार्बाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।