जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी सापकोटाको सरुवा,पण्डित आउदै

संदिप प्रसाद यादव
533 पाठक संख्या

कलैया । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाको सरुवा भएको छ ।

उनको नेपाल प्रहरी प्रदेश कार्यालय मानवसश्रोत व्यवस्थापन शाखा पोखरा कास्कीमा सरुवा भएको हो ।

अब जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरिक्षक बिजय राज पण्डित आउने भएका छन् ।

पण्डित यस अघि ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहिमा कार्यरत थिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार उनीहरूको सरुवा गरेको प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभागले जनाएको छ।

यस्तै नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ।

Leave a review

This will close in 0 seconds