रिंकु कुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ

साझेदारी दैनिक
305 पाठक संख्या

कलैया : प्रहरीले बुधबार सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ भगवतीपुरकी १७ बर्षिय युवती रिंकु कुमारी सदाय मृत्यु प्रकरणका मुख्य आरोपी लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त मुद्दाका मुख्य आरोपी टिंकु भनिने रुपेश मण्डल रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिृएको प्रहरी टोलीले सिरहा नगरपालिका वडा नम्बर १७ स्थित नेपाल भारत सीमा नजिकबाट मण्डललाई पक्राउ गरेको हो।

गत माघ ३० गते रिंकु आफनै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन। मृतक रिंकुको ठुलो बुवा राम सेवक सदायले आत्म हत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

उनको आमा सीता देवी सदायले अपहरण गरी शरिर बन्धक राखि जबरजस्ती करणी गरी त्यसपश्चात हत्या गरी लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुर शिर्षकमा जाहेरी दिएकी थिईन ।

उक्त मुद्दाको अनुसन्धान गरी खोजतलाश गर्दै जादा मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review