पर्सामा एक महिलाको शङ्कास्पद अवस्थामा फेला शव

साझेदारी दैनिक
521 पाठक संख्या

कलैया । पर्सामा एक महिलाको शङ्कास्पद अवस्थामा शव फेला परेको छ।

वीरगञ्ज महानगरपालिका – १६ नगवास्थित प्रहरी चौकी नगवाको नजिकै आज बिहान एक जना महिलाको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक महिला वीरगञ्ज महानगरपालिका – ४ नर्सिङ क्याम्पस क्षेत्रमा बसोबास गर्ने अंसिया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको कानको छेउमा र औलाहरूमा चोटपटक लागेको देखिएको छ ।

मृतकको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

Leave a review