कलैया । स्थानीय प्रशासनले कानुन बमोजिम लिनुपर्ने ईजाजत नलिई राखेका हातहतियार र खरखजाना बुझाउन निर्देशन छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले आईतबार एक सार्वजनिक सुचना जारी गरी ईजाजत पत्र नविकरण नगराई वा ईजाजत प्राप्त ब्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखेको हतियार र खरखजाना बुझाउन निर्देशन दिएका हुन।
सार्वजनिक सुचना जारी भएको मितिले सात दिन भित्र हातहतियार र खरखजाना नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन सुचना मार्फत निर्देशन दिईएको हो ।
यदि उपरोक्त अनुसार आफु संग रहेको हातहतियार र खरखजाना तोकिएको अवधी भित्र स्वेच्छाले नबुझाएमा त्यस्ता ब्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने सुचनामा उल्लेख गरिएको छ ।


