लागु औषध सहित महतो पक्राउ

साझेदारी दैनिक
363 पाठक संख्या

कलैया : प्रहरीले लागु औषध सहित रौतहटका दुई जनालाई बाराको निजगढबाट पक्राउ गरेको छ।

उसले निजगढ नगरपालिका–४ बकैया खोलाको बाँध कच्ची सडकबाट सोमबार दिउसो अवैध लागू औषध गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहट फतुवा बिजयपुर नगरपालिका–४ बस्ने २५ वर्षीय रामप्रवेश महतो र सोही नगरपालिका–९ बस्ने २१ वर्षीय राजेश महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनीहरुबाट छ किलो सात सय ६० ग्राम अबैध लागु औषध गाँजा बरामद भएको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बागदेवबाट पुरानो निजगढतर्फ जाँदै गरेको प्र.०२– ०२९ प २८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। पक्राउ परेका दुबै जना माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds