कलैया : पर्सा प्रहरीले नियन्त्रित लागु औषध सहित पर्सा जिल्लाको जिरा भवानी गाउँपालिका वडा नम्बर ३ नौका टोलबाट दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली रइलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।
सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवारलाई खानतलासी गरेको हो।
प्रहरीले जिराभवानी गाउँपालिका वडा नं. ५ हरैया टोल बस्ने दिलिपप्रसाद राय र सोही ठाउँ बस्ने राजबिध्या प्रसाद खाँ थारुलाई प्रहरीले पक्राउ गरेको हो।
चामलको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाइट्राजेपाम ८८६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
उनीहरुलाई नियन्त्रणमा लिइ निजहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

