जसपा नेपाल बाराको अध्यक्ष पदमा चार जनाको भिडन्त,आज मतगणना हुने

साझेदारी दैनिक
706 पाठक संख्या

कलैया : जनता समाजवादी पार्टीको जिल्ला कार्य समिति बाराको निर्वाचनमा अध्यक्ष पदका चार जना प्रत्याशीविच भिडन्त भएको छ।

जिल्ला अध्यक्ष पदमा रमेश यादव,धर्मेन्द्र प्रसाद यादव,धर्मवीर यादव र संजय कुमार यादवविच प्रतिस्पर्धा भएको हो।

जसपा पार्टी नेपाल बाराको जिल्ला निर्वाचनमा चार सय ७२ मत खसेको छ। जसपा नेपालमा चार सय ७९ मतदाता रहेका थिए।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको श्री सिद्धेश्वर संस्कृतिक माध्यमिक विद्यालय परिसरमा शनिबार जसपा पार्टी नेपाल बारा जिल्लाको निर्वाचन भएको हो।

निर्वाचनमा ४ सय ७२ मत खसेको छ भने बारा जिल्लामा कुल ४ सय ७९ मतदाता जिल्ला अधिवेशन प्रतिनिधिको संख्या रहेको प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद साहले साझेदारी दैनिकलाई जानकारी दिए।

उनका अनुसार जसपा पार्टी नेपाल बाराको पार्टी कार्यालयमा आज ८ बजेदेखि मतगणना हुने प्रमुख निर्वाचन अधिकृत साहले बताए ।

उक्त निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको समेत उनले बताए।

Leave a review

This will close in 0 seconds