‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

साझेदारी दैनिक
389 पाठक संख्या

काठमाडौं । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट सुरू हुदैँछ ।

ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालय,शनिबार हुनेछ भने यसको समापन बैशाख ३० मा मुस्ताङमा गरिनेछ ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिएका छन् । न्युजकारखाना
 

Leave a review