कोल्हवीमा राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता सम्पन्न

साझेदारी दैनिक
214 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर/बाराको कोल्हबी नगर खेलकुद समितीको आयोजनामा नगर अन्तर बिद्यालय राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता सम्पन्न भएको छ ।

नगर खेलकुद समितिका अध्यक्ष शिव चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी समेत रहेका कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगितामा अनुप दिपनी माध्यमिक बिधालय कोल्हबी,श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय जुअवा,श्री जनता माध्यमिक बिधालय ककडी परसौना,श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय नयाबस्ती र श्री मणि माध्यमिक बिधालय थस्कौलका छात्र छात्राहरुले सहभागीता जनाएका थिए ।

तर उक्त रनिङ शिल्ड कप प्रतियोगितामा कोल्हबी नगरकै नमुना बिधालय श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय सपहीले सहभागीता जनाएको थिएन ।प्रतियोगितामा सहभागीता नहुनुको कारण बारे सपही

माध्यमिक बिधालयका प्रधानाध्यापक भुनेश्वर चौधरीसङ सम्पर्क गर्दा पुष माघमा हुने पर्ने रनिङ शिल्ड प्रतियोगिता जेष्ठ महिनामा हुदा मौसम अनुकुल नभएको र शिक्षक आन्दोलनले गर्दा बिद्यार्थीहरुको पढाईमा परेको असरलाई पुर्ती गर्न बाधा नपुगोस भनेर विद्यालयले सहभागी नहुने निणर्य सहित सहभागीता नजनाएको बताए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,कोल्हबी नगरपालिका वाड न १ का वडा अध्यक्ष राजहरन चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख रन्जन मिश्र,सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख सुनिल प्रसाद श्रीवास्तव समाजसेवी भुवन चौधरी,हरिचन्द्र पनुहर,रतनमाला चौधरी,शुभद्रा धिमाल लगाएतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds