कलैया : बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरका १३ बर्षिय किशोर छोटेलाल कुमार रामको आफन्तजन तथा स्थानाीयबासीले शनिबार शव सहित प्रदर्शन गरेका छन ।
नम्बर नखुलेको मोटरसाईकलको ठक्कर बाट मृत्यु भएका हो । ठक्कर दिने मोटरसाईकल चालकलाई पक्राउ गरी कारवाही गर्न माग गर्दे मृतक छोटेलालको शव सहित उनीहरुले सोलखपुरमा प्रदर्शन गरेका हुन ।
प्रदर्शनकारीहरुले बीच सडकमा टायर बाली प्रदर्शन गरेको कवहीगोठ संतगञ्जका बिनोद गिरीले जानकारी दिएका छन ।
नेपाल राष्ट्रिय माध्यमिक विधालय कवही गोठ बाट जेठ ८ बिहीबार बिहान ११ बजे पढेर घर फर्किने क्रममा रामलाई बरियारपुरबाट कवही गोढ तर्फ तिब्र गतिमा आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिएको थियो ।
मोटरसाईकलको ठक्कर बाट गम्भिर घाईते भएका रामको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको थियो ।
राम कक्षा ६ का बिधार्थी हुन । मृतकको बुवा राजेन्द्र राम रोजगारीको शिलशिलामा भारतको केरलामा रहेका छन । बुवा राजेन्द्र घर फर्किए पछि आफन्तजन तथा स्थानीयबासीले शव सहित प्रदर्शन गरेका हुन । उनलाई ठक्कर दिई मोटरसाईकलसहित चालक फरार भएका थिए।

