बालिकालाई प्रेमको प्रलोभन दिएर बलात्कार गर्ने यादव पक्राउ

साझेदारी दैनिक
472 पाठक संख्या

वीरगञ्ज : बालिकालाई झुठो प्रेमको प्रलोभनमा पारे बलात्कार गरेको आरोपमा पर्सा जिल्लाबाट एक जना युवक पक्राउ परेका छन ।

बलात्कार आरोेपमा पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादव पक्राउ परेका हुन ।

यादवले पर्साकी एक जना १३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभन दिँदै पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई प्रेम गर्छु भन्दै झुटो प्रलोभन दिएर ललाई फकाई पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ ।

यादवले गत जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई वीरगञ्ज महानगरपालिका – १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

पीडित बालिकाको उजुरीका आधारमा आरोपित यादवलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले बताएका छन ।

पक्राउ गरिएका यादवलाई पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरेर जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरी डिएसपी लम्सालले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds