कोल्हबीमा शुरु भयो तीन दिने आधारभूत पत्रकारिता तालिम

साझेदारी दैनिक
260 पाठक संख्या

कोल्हवी :बिनिता चौधरी/ बाराको कोल्हबीमा तीन दिने पत्रकारिता तालिम शुक्रबारदेखि शुरु भएको छ ।

कोल्हबी नगरपालिकाको सहकार्य र तराई ईन्टरप्रेनर हाउस प्रा लि को आयोजनामा थारु सेवा सदनको सभा हलमा सो तालिम शुरु भएको हो।

आयोजक संस्थाका अध्यक्ष गुरुप्रसाद गौतमको अध्यक्षतामा सो तालिमको उद्घाटन भएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीले ब्यानर पढेर सो तालिमको उद्घाटन गरेकी हुन्।

कार्यक्रममा प्रमुख प्रशासकीय पितानाथ लुइँटेल कोल्हबी नगरपालिका वडा न १ का वडा अध्यक्ष राजहरन चौधरी लगायतकाले शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख चौधरीले पत्रकाररुलाई सत्य तत्य समाचार सम्प्रेषण गर्न आग्रह गरिन्। उनले कुनै पार्टीको वकालत नगरी समाजमा रहेका बिकृति र बिसङती विरुद्ध कलम चलाउन सुझाव दिइन्।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई गुरुप्रसाद गौतम र लक्ष्मी लामिछानेले प्रशिक्षण दिइरहेका छन्। तालिम १८ गतेसम्म चल्नेछ।

उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाका कार्यपालिका सदस्य राजकुमार दास,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बारा शाखाका अध्यक्ष धिरेन्द्र पनुहर,लगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो। स्वागत असेश ढुंगानाको थियो भने संचालन बिनिता चौधरीको थियो।

Leave a review