बर्वा खेलकुद मैदानको भयो शिलान्यास

साझेदारी दैनिक
535 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा न.२७ बर्वा खेलकुद मैदानको मंगलबार शिलान्यास गरिएको छ।

सो मैदानको पुर्व मन्त्री एवम् क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह र निर्वाचन क्षेत्र न.३(क)प्रदेश सभा सदस्य रबिनदास श्रेष्ठले गरेका हुन्।

खेलकुद मन्त्रालयले यस मैदानलाई २५ लाख बजेट छुट्टाएको छ।

सो शिलान्यास कार्यक्रममा कलैया उपमहानगरपालिकाको वडा न.२७ का वडा अध्यक्ष अशोक कुमार तिवारी,करैयामाइ गाउपालिका वडा न.३का वडा अध्यक्ष पसुराम यादव,वडा सदस्य नरेस कुशवाहा,वडा सदस्य अलिमहम्मद अन्सारी,वडा न.३ का वडा सदस्य प्रदिप केशरी,समाजसेवी,विकास प्रेमी,बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds