मबाट एक रुपैयाँ पनि भ्रस्टाचार भएको छैन : पुर्वप्रधानमन्त्री नेपाल

साझेदारी दैनिक
522 पाठक संख्या

कलैया । पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मबाट कुनै पनि अनुचित भ्रष्टाचार जन्य काम नभएको बताउनु भएको छ ।

गृह जिल्ला रौतहटबाट काठमाडौं फर्किने बेला बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रक्रिया दिदै उनले यस्तो बताउनु भएको हो ।

आज बिहान काठमाडौंबाट गृह जिल्ला रौतहट आउनु भएका नेपाल उनि विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि आजै दिउँसो नै काठमाडौं फर्किएका हुन् ।

मैले कल्पना पनि गरेको थिएन कि मलाई यो मुद्दामा जोडन खोजिएको छ,यो पुर्वाग्रह बाहेक केही पनि होईन, उनले भने ।

मैले कुनै पनि मन्त्रीलाई कानुन बिपरित काम गर्न निर्देशन समेत नदिएको पुर्वप्रधानमन्त्री नेपालले बताउनु भयो ।

Leave a review

This will close in 0 seconds