दोस्रो करैयामाई गोल्डकपको गाउँपालिका अध्यक्ष यादवद्व्रारा उद्घाटन

साझेदारी दैनिक
559 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ बाराको करैयामाई ७ उमजन खेल मैदानमा दोस्रो करैयामाई गोल्डकप २०८२ शनिबार शुरु भएको छ।

नव जन प्रगति युवा क्लब करैयामाई ७ उमजनको आयोजनामा तथा करैयामाई गाउँपालिकाको सहयोगमा सो प्रतियोगिता शुरु भएको हो। कार्यक्रमको प्रमुख अतिथि करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले गमलामा पानी हालेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रमुख अतिथि यादवले प्रत्येक वर्ष करैयामाई गोल्डकपको आयोजना गर्ने योजना रहेको बताए। खेलकुदको माध्यमले करैयामाई गाउँपालिकालाई देश तथा बिदेशमा चिनाउन सम्पूर्ण खेलाडीहरुलाइ उनले आग्रह गरे। यस पालिकामा खेलकुद मात्रै नभइ समाजिक संस्कृति झल्किने झिझिया,जितिया पर्व,माघी पर्वमा कार्यक्रमहरु यो बर्ष करैयामाई गाउँपालिकाले आयोजना गर्ने बताए।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनैनादेवी चौधरी,रामनारायण साह,जयलाल यादव,जगनारायण चौधरी,वडा न ५ का वडा अध्यक्ष उमेश चौधरी,७ का वडा अध्यक्ष बिरिज चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका हुन्।

उक्त कार्यक्रममा नेकपा एस बारा जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी,समाजसेवी रुपनारायण साह,खडक नारायण चौधरी, सुनिल चौधरी,जगनारायण चौधरी,वडा न ७ का महिला सदस्य मैना देवि चौधरी,रामनाथ चौधरी,रमेश साह,रामअङ्या चौधरी,जियालाल साह,बारा चौकी बारा बजारका प्रमुख नागेन्द्र यादव लगायतको उपस्थिति थियो।

क्लवका अध्यक्ष रुपनारायण यादवको अध्यक्षतामा गोपाल चौधरीको संचालनमा मनिन्द्र चौधरीको स्वागतमा उद्घाटन सम्पन्न भएको हो। उद्घाटन खेलमा आयोजक नव जन प्रगति युवा क्लब उमजनले वीरगञ्ज सिटिलाई टाइब्रेकरमा पराजित गरेको छ। निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो।ट्राइब्रेकरमा आयोजक क्लब ३ को विरुद्ध ४ गोलले बिजय भएको हो।

खेलको मैन अफ दि मैच आयोजक क्लबका गोलरक्षक रोशन साह घोषित भएको हो।

उनलाई वडा न ७ का वडा अध्यक्ष बिरिज चौधरीले पुरस्कार बितरण गरे। प्रतियोगिता अन्तर्गत आइतबारको खेल बारा ११ र योङ्ग स्टार युवा क्लब निजगढ को विरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिए। प्रतियोगिताको बिजेता टिमले नगद रु. ६० हजार शिल्ड,मेडल,प्रमाणपत्र र उप विजेता टिमले रु. ३० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Leave a review

This will close in 0 seconds