कलैया : शुक्रबार कलैयास्थित करण पार्टी प्यालेसमा नेपाली काँग्रेसका उम्मेदवारहरूसँग नेपाल प्रेस युनियन बारा शाखाको आयोजनामा निर्वाचन लक्षित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रेस युनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवको अध्यक्षतमा भएको उक्त कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादव, क्षेत्र नं. ३ का फरमुल्लाह मन्सुर र क्षेत्र नं. ४ का श्याम गुप्ताको सहभागिता रहेको थियो।
सो अवसरमा सवै उम्मेदवारहरुले अन्तरक्रियाका क्रममा उनीहरूले नेपाल प्रेस युनियनमा आबद्ध सम्पूर्ण सञ्चारकर्मीहरू एकजुट भई निर्वाचन प्रचार–प्रसारमा सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। साथै काँग्रेस उम्मेदवारहरूलाई विजयी गराउन युनियनकर्मीहरूले व्यापक प्रचार–प्रसार गर्नुपर्ने आग्रहसमेत उनीहरुले गरेका छन।
कार्यक्रममा युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, सचिव सन्तोष पाण्डेय, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेश प्रदेशका सदस्य संजीव कुमार मिश्र,साजिर मन्सुर, महासंघका पूर्व अध्यक्ष गुरु प्रसाद गौतम, रेशम तिवारी, पूर्व उपाध्यक्ष राकेश पाण्डेय, रवीन्द्र सिंह, निवेश तिमिल्सिना, भोजराज भट्टराई, धिरेन्द्र पनुहार, गजेन्द्र कुशवाहालगायतको उपस्थिति रहेको थियो। शिवशंकर मिश्र, उपेन्द्र यादव, जयनारायण यादव, रवीन्द्र साह,
सो अवसरमा नेपाल प्रेस युनियन बारा शाखाका अध्यक्ष यादव, उपाध्यक्ष अनिल साह, जिल्ला सचिव राजेश कुशवाहा, सह–सचिव विनिता चौधरी, कोषाध्यक्ष अरुण साह तथा सदस्यहरू प्रभु यादव लगायतको उपस्थिति रहेको थियो।
