साउथ सिटि हस्पिटलद्वारा गरियो रक्तदान

साझेदारी दैनिक
640 पाठक संख्या

वीरगञ्ज : वीरगन्ज महानगरपालिका – १५ अवस्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले रक्तदान गरेका छन्।

साउथ सिटि हस्पिटल वीरगञ्ज द्वारा आयोजित सो रक्तदान कार्यक्रममा अन्जली यादव, बिनिता श्रेष्ठ, सोफिया मल्ल,रितिका यादव, मिना पाण्डे,अन्जनी यादव,प्रनिशा न्योपाने ,प्रीयान्शु यादवले रक्तदान गरेका छन्। रक्तदान जीवनदान भन्दै दिलमाया प्रजा,लालबाबु चौधरी,जितेन्द्र कुमार यादव,साहिल अन्सारी ,रामबाबु मुखिया,मो. नुरबाबु हास्मी लगायतले रक्तदान गरेका हुन्।

सो कार्यक्रममा हस्पिटलका एडमिनिस्ट्रेशन हेड लालबाबु चौधरीले रक्तदान महादान जीवनदान भएको उनले जनाए। हस्पिटलले प्रत्येक वर्ष २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको उनले जनाए। बढदो गर्मीले गर्दा रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको थाहा पाएर कार्यक्रमको आयोजना गरिएको उनले बताए। रगत दान गर्ने सम्पूर्ण रक्तदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले २ महिना देखि रक्तदान गर्नेहरुको कमि आएकोले वीरगन्जमा उपचार गराउन आउने बिरामिहरुलाइ निकै समस्या आएको जनाए। रक्तदान गर्न धेरै पटक सार्वजनिक अपिल जारी गर्दै सबैलाइ रक्तदान गर्न गराउन हातेमालो गर्न अहोरात्र खटिरहेको उनले जनाए।

मनकारी ब्यक्ति संघ संस्थाहरुले स्वतस्फूर्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरि रगतको अभाव केही भए पनि पूर्ति गर्ने कार्य गरिरहेकोमा उहाहरु र रक्तदाताहरु प्रती हार्दिक आभार व्यक्त गरेका हुन्। सम्पूर्णलाई रक्तदान गर्न गराउन हार्दिक आग्रह गरेका थिए।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सदस्य दयाशंकर सिंह , रेषमकोठी उपशाखाका सचिव एवं वीरगन्ज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,रेशमकोठी उपशाखाका सहकोषाध्यक्ष सन्चारकर्मी अभिलाश गुप्ताको सो कार्यक्रममा उपस्थिति रहेको हो। नेपाल रक्त संचार केन्द्रका प्राबिधिकहरु जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वयंसेवकहरुले रक्तादानमा सघाएका थिए।

Leave a review

This will close in 0 seconds