कलैया : तराई लगायत देशभरका केही स्थानमा तिनदेखि लगातार परेको पानीले किसानहरूलाई राहत भएको छ ।
असार महिनामा पानी प्रयाप्त नभएपछि खासगरी मधेस प्रदेशका आठ जिल्लामा धान रोपाइँ पुर्णरुपले हुन सकेको थिएन । तर केही दिन देखि परेको पानीले प्रयाप्त मात्रामा पानी भएपछि मधेस प्रदेशका आठ वटै जिल्लाहरुमा बाकी रहेका धान रोपाइँ सुरु भएको छ ।
पानीको अभावले नै मधेसका प्राय सबै जिल्लामा ५० देखि ६० प्रतिशत मात्रै धान रोपाइँ थियो । तर केहिदेखि लगातार परेको पानीले किसानहरुलाई धान रोपाइँमा सहज बनाएको छ ।
मधेस प्रदेश लगायतमा लामो समयदेखि पानी नपरेपछि केही साता अघि सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियोे । सरकारको घोषणा संगै सिचाइका लागि कृषि ज्ञान केन्द्र मार्फत स्यालो ट्युबबेल र डिप बोरिङ जडान कार्यका लागि तिब्रता दिएको छ ।
बारामा पनि कृषि ज्ञान केन्द्रले स्यालो ट्युबबेलका लागि सार्वजनिक सूचना निकालिसकेको कृषि ज्ञान केन्द्र बाराका निम्ति कार्यालय प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिएका छन् ।


