रौतहटका गणपति सहित सोह्र अधिकृतलाई सशस्त्रले जिम्मेवारीबाट हटायो

साझेदारी दैनिक
214 पाठक संख्या

कलैया : सशस्त्र प्रहरी बल, नेपालका एकाइमा कमाण्डरको रूपमा खटाइएका १६ जना अधिकृतहरुलाई सशस्त्र प्रहरीले जिम्मेवारीबाट हटाएको छ। राजश्व सङ्कलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक उनीहरुलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई कमाण्डरबाट फिर्ता गरिएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढालाई जिम्मेबारीबाट हटाइएको हो। बिओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियारलाई समेत जिम्मेवारीबाट फिर्ता लिइएको हो। फरवार्ड सुरक्षा वेश बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्साललाई समेत हटाइएको हो।

फरवार्ड सुरक्षा वेश छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरीलाई समेत फिर्ता बोलाइएको हो। यस्तै झरोखर पोष्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको हो। बिओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेशसुवाललाई जिम्मेवारीबाट हटाइएको हो।

पर्सा जिल्लास्थित बोर्डर आउट पोष्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानीया क्षेत्रीलाई हटाइएको हो। सुरक्षा वेश बहुअर्वाभाटाका सशस्त्र प्रहरी नायव निरीक्षक भिमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेश जयमङ्गलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको हो। पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोष्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापीतलाई हटाइएको छ।

कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुका सशस्त्र प्रहरी नायव उपरीक्षक नविन चन्दलाई हटाइएको हो। बोर्डर आउट पोष्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। बिओपी फुलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्दलाई हटाइएको छ।

बिओपी लल्लिपुरका सशस्त्र प्रहरी नायव निरीक्षक मोहनराम महरलाई समेत हटाइएको छ। कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तसमेतलाई जिम्मेवारीबाट हटाइएको छ।

जिम्मेवारीबाट हटाइएकामासशस्त्र प्रहरी उपरीक्षक, एक सशस्त्र प्रहरी नायव उपरीक्षक, सात सशस्त्र प्रहरी निरीक्षक, ५ सशस्त्र प्रहरी नायव निरीक्षक, एक सहायक निरीक्षकसहितलाई कमान्डको जिम्मेवारीबाट हटाइएको हो।

Leave a review

This will close in 0 seconds