बारामा १५ लाख बराबरको अवैध कपडासहित मोटरसाइकल बरामद

साझेदारी दैनिक
378 पाठक संख्या

बारामा १५ लाख मुल्य बराबरको अवैध कपडासहित मोटरसाइकल बरामद

कलैया । सशस्त्र प्रहरी बलले बारामा करिब १५ लाख मुल्य बराबरको अवैध कपडासहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराबाट खटिएको मोवाईल टोलिले सोमबार फेटा गाउँपालिका -४ त्रिवेनि गाउंको बाँसको झ्याङमा लुकाई छिपाई राखेको अवस्थामा दुई थान मोटरसाइकलसहित कपडा ९५० मिटर,सुरूवाल कुर्ता १३८० मिटर बरामद गरेको हो ।

उक्त कपडाको अन्दाजि मुल्य रू १५ लाख १५ हजार ८ सय १० रुपैयाँ बराबरको रहेको बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुम बहादुर के.सी.ले जानकारी दिएका छन् ।

उनका अनुसार बरामद गरिएको अवैध सामानलाई आवश्यक कारवाहीका लागी विरगंज भन्सार कार्यालयमा बुझाईने छ ।

Leave a review

This will close in 0 seconds