सिमरा, ३१ साउन
बाराको सिमरामा जनजागरण सामुदायिक बन समुहबाट तस्करी गरेर लगिएको करिब एक लाख बराबरको तस्करीको काठ बरामद गरिएको छ ।
बाराको मध्यवर्ती सामुदायिक बन अन्तर्गतको उक्त वन समितिको वनक्षेत्रबाट अवैध काठ तस्कर गरी घरमा लगेर चिर्दै गरेको अवस्थामा भेटिएपछी बन समुहले शुक्रवार राति घरमै पुगेर गोलाई चिर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । बरामद उक्त काठ करिब एक लाख मुल्य बरावरको रहेको वन समितिले जनाएको छ ।
बन समुहका अध्यक्ष तारा बहादुर कार्की नेतृत्वको टोलीले वन क्षेत्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलका असलाउदिन अन्सारीको घरबाट चिर्दै गरेको अवस्थामा काठ नियन्त्रणमा लिइएको जनाएको छ ।
अध्यक्ष कार्कीका अनुसार अन्सारी काठ तस्कर नभई तस्करीको मतियार भएको बताएका छन । उनले तस्करी गरेर ल्याएको काठ सस्तो मुल्यमा खरिद गरी घरमै चिरान गरी महँगोमा बिक्री बितरण गर्ने गरेको खुलेका जनाएका छन् ।
काठ सहित अन्सारीलाई नियन्त्रणमा लिई कारवाहीका लागी पर्सा राष्ट्रिय निकुञ्जमा सिफारिस गरिएको अध्यक्ष कार्कीले बताएका छन ।
सामुदायिक बनबाट तस्करी गरेको करिब एक लाख बराबरको काठ वरामद

समाचार शेयर गर्नुहोस
Leave a review
Leave a review