भ्रष्टाचार विरुद्ध कलैयासहित देशको बिभिन्न स्थानमा प्रदर्शन

राजेश कुशवाहा
275 पाठक संख्या

कलैया : नयाँ पुस्ताका युवा (जेनजी)ले सोमबार साँझ बाराको कलैयामा प्रदर्शन गरेको छ। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले कलैया स्थित भरतचोकमा प्रदर्शन गरेको हो।

उनीहरुले राष्ट्रिय झण्डा, विभिन्न प्लेकार्डसहित सरकार विरुद्ध चर्काे नाराबाजी गर्दै कलैया नगर परिक्रमा गरेका थिए। नगरपरिक्रमा पश्चात प्रदर्शनकारीहरु भरत चोकमा पुगेर कोण सभा गरेका थिए।

कोणसभामा बोल्दै जेनजी पुस्ताका युवाहरूको समूहले सरकारले समयसीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गरेका थिए।

यसैबीच नयाँ पुस्ताका युवा (जेनजी)ले सोमबार देशको बिभिन्न स्थानमा गरेको प्रदर्शनमा मारिएकाहरुको सम्झनामा कलैयाको भरत चोकमा दीप प्रज्वलन गरेको छ। प्रदर्शनमा मारिएका नयाँ पुस्ताका युवा (जेनजी)को आत्माको चिर शान्तीको कामना गर्दै कलैयामा दीप प्रज्वलन गरिएको हो।

Leave a review